यातायात समितिलाई कम्पनीमा लैजान सहजीकरण समिति गठन


काठमाडौं ५ वैशाख। यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि सरकारले सात सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा समिति गठन गरेको हो ।समितिलाई १५ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

समितिमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव बसन्त भण्डारी छन् ।

बुधबार बसेको समितिको पहिलो बैठकमा समितिमा भएका सवारी साधनलाई सहज ढंगले कम्पनीमा लैजानेबारे प्रारम्भिक छलफल भएको थियो ।सरकारले तीन महिनाभित्र देशभरका सबै यातायात समितिलाई कम्पनी मातहत ल्याउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार