उदयपुर त्रियुगा खोलामा पौडी खेल्दा डुबेर बालकको मृत्यु


उदयपुर १ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका(१२ त्रियुगा खोलामा शुक्रवार पौडी खेल्ने क्रममा डुबेर १ बालकको मृत्यु भएको छ । अपरान्ह सवा ५ बजे खोलामा पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा त्रियुगा नगरपालिका(११ बस्ने तेज बहादुर बस्नेतको छोरा बर्ष १२ को एलिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार