भोजपुर–टक्सार एयरपोर्ट सडक कालोपत्रे गरिने , शिलन्यासको लागि मूख्यमन्त्री राई गृह जिल्ला आउदै..


भोजपुर, २८ चैत ।

सदरमुकामबाट टक्सार एयरपोर्ट सम्मको सडक कालोपत्रे हुने भएको छ । प्रदेश सरकारको कार्यक्रम अनुसार पूर्वधार विकास कार्यालय भोजपुर, अन्तर्गत १३ करोड ५३ लाख ५८ हजार २२७ रुपैया लागतमा सडक कालोपत्रे शुरु गर्न लागिएको पूर्वधार विकास कार्यालयका प्रमुख राजनराज रेडीले जानकारी दिए ।

सडक कालोपत्रेको शिलन्यास प्रदेश नम्वर- १ का मूख्यमन्त्री शेरधन राईले, २ वैशाखमा गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख रेडीले बताए । ५ किलोमिटर लम्बाई रहेको सो सडकको ढेड वर्षभित्र कालोपत्रे सम्पन्न हुने जनाइएको छ ।

जिल्लामा रहेको एक मात्र टक्सार एयरपोर्ट जाने सडक हिलाम्य हुँदा विगतका वर्षहरुमा स्थानियले निकै सास्ती भोग्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार