गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु


हेटौंडा, २३ चैत्र । मकवानपुरको पूर्वीबकैया गाउँपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा स्थानीय ६१ वर्षीया सानुमान डिंगडुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिए। उनको हावाहुरीले ढालेको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार