धरानको जंगलमा घोप्टो परेको अवस्थामा भेटियो एक वृद्ध


सुनसरी । धरानको चारकोशे जंगलमा बुधबार एक वृद्ध वेवारिस अवस्थामा फेला परेका छन् । धरान इटहरी सडक खण्ड अन्तरगत राजमार्गबाट झण्डै एक किलोमिटरर पश्चिम तर्फ ती व्यक्ति अर्धचेत अवस्थामा फेला परेका हुन् । तरहराबाट निगुरो खोज्न गोमा आले मगर दम्पतीले जंगलमा घोप्टो अवस्थामा मानिस देखे पछि उनी मृत मानिस भटेको भन्दै तरहरा प्रहरीलाई खवर गरेका थिए । प्रहरीको सहयोगमा स्थानीयवासीहरु सो स्थानमा पुग्दा केही चलमलाए जस्तो देखिए पछि उनको उद्धार गरेका थिए ।

‘हामी त मरेको मान्छे भन्दै प्रहरीलाई खवर गरेका थियौं’ निगुरो खोज्न गएका बुद्धीमान आलेले भने ‘ मुख भरी माटो थियो, त्यस पछि उद्धार गरियो ।’ तरहरा वन कार्यालयका कर्मचारी र प्रहरी र स्थानीयले उनलाई उद्धार गरी उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको उद्धारमा संलग्न प्रहरी हवल्दार रामपवित्र यादवले बताए ।

उनको नाम ठेगाना खुलेको छैन भने उनी बोल्न पनि सक्दैनन् । अन्दाजी ५०र ५५ वर्षीय ती व्यक्तिले कालो व्यागमा लगाउने केही कपडा बोकेका छन् । अन्य कागजात फेला नपरेको कारण उनको पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार