भोजपुरको हतुवागढी गाउँपालिकामा ट्याक्टर दुर्घटना


भोजपुर, ५ चैत ।
भोजपुरको हतुवागढी गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । मंगलबार बिहान को २ त ६९७२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा हतुवागढी -३ सिन्द्राङका प्रकाश राई घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते राईको प्राथमिक उपचार केन्द्र घोडेटारमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर न्युरो अस्पताल पठाईएको छ। दुर्घटना सिन्द्राङ खैराङ बीचमा पर्ने पन्चमी खोला नजिकै भएको हो ।

घोडेटारबाट पञ्चमी बजार तर्फ जादै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव नौ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार