ताप्लेजुङमा पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना


१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले भने, ‘पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’
राईले भने, ‘थप विवरण आउन बाँकी छ।’

पाथिभराको दर्शनपछि उक्त हेलिकप्टर चुहानडाँडा तर्फ उडेको थियो। हलिकप्टरमा पर्यटनमन्त्री अधिकारीका अलवा एयर डाइनेस्टिका मालिक छिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल सवार थिए। उक्त हेलिकप्टर काठमाडौंबाट बिहान ८ बजे उडेको थियो भने पाथिभराबाट ११ बजेको आसपासमा चुहानडाँडा तर्फ उडेको थियो।खराव मौसमका कारण उद्दारमा जान कठिनाइ भइरहेको प्रहरीले बताएको छ। थप विवरण आउन बाँकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार