भेरी नदीमा बस खस्दा चार जनाको ज्यान गयो


जाजरकोट, ३ फागुन । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गएको छ ।

बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उद्धारका लागि घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी खटिएको प्रजिअ बस्नेतले जानकारी दिए । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार