भोजपुरमा शिक्षिका पोखरेलद्धारा विद्यार्थीलाई निशुल्क पोसाक वितरण


भोजपर,२१ माघ ।
भोजपुरको अरुण गाउँपालिका वडा नम्बर –५ याकुमा एक शिक्षीकाले असाहय विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेकी छिन्। पञ्चकन्या आधारभुत विद्यालय याकुमा अध्यापन गराउदै आएकी शिक्षिका प्रतिमा पोखरेलले सोहि विद्यालयमा अध्यनरत ११ जना असाहय विद्यार्थीलाई आफ्नो नीजि लगानीमा विद्यालय पोशाक वितरण गरेको शिक्षक दुर्गा प्रसाद ढकालले जानकारी दिए 

गरिवि कारण पोसाक किन्न नसकेका वालवालिकालाई सहयोग स्वरुप आफुले पोसाक दिएको शिक्षिका पोखरेलले प्रक्रिया दिइन् । त्यस्तै विद्यालयको ६० औं वार्षीक उत्सव पनि सम्पन्न आइतबार भएको छ । गत ४ दिन अघिबाट सुरु भएको वार्षीक उत्सवको अवसरमा भलीबल, हाजिरीजवाफ, नृत्य लगाएतका प्रतियोगीता गरिएको थियो ।

उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक शालीकराम ढकालले आयव्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवश्थापन समिति अध्यक्ष डम्बर बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभाका पूर्व सदस्य लोक मणी ढकाल रहेका थिए । कार्यक्रममा अरुण गाउापालिका अध्यक्ष गजेन्द्र कार्की, पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राई, अरुण गाउँपालिका उपाध्यक्ष विनिता ढकाल अविभावक, विद्यार्थी, शिक्षक लगाएतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार