भोजपुरमा समानुपातिक तर्फको मत परिमाण सार्वजनिक


भोजपुर, २६ फागुन ।
भोजपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबर अन्तिम मत परिणाम सार्वजनिक गरेको हो ।
जिल्लामा श्रम संस्कृति पार्टी १६ हजार १५० मत प्राप्त गर्दै पहिलो बनेको छ । नेकपा (एमाले) १३ हजार ३७५ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ७३८ मत प्राप्त गर्दै तेस्रो बनेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली कांग्रेसले ७ हजार ५७९ मत र नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ८०३ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७७ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टीले ३९ मत पाएको छ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसनले २७५ मत, नेपाल मजदुर किसान पार्टीले २५ मत तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २३५ मत प्राप्त गरेका छन्।
जिल्लामा खसेको कुल ५८ हजार ४७३ मतमध्ये ५५ हजार ४८९ मत सदर भएको छ भने दुई हजार ९८४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
समानुपातिकतर्फ भोजपुरमा कुल १ लाख २८ हजार ७८ मतदाता रहेका थिए। एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ वटा दलले निर्वाचनमा सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार