अपडेट ः भोजपुरमा ध्रुवराज राईको अग्रता


भोजपुर, २३ फागुन ।
भोजपुरमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता लिनु भएको छ । अरुण गाउँपालिका, आमचोक गाउँपालिका र टेम्केमैयुङ वडा न. १,२ ३ गणना सकिँदा राईले ३ हजार ७७० मत प्राप्त गर्नुभएको छ । एमालेका शेरधन राईले ३ हजार ३९४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राईले २ हजार १५५ मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने नेपाली कांग्रेसका बालकृष्ण थापाले १ हजार ९४८ मतसहित चौथो स्थानमा रहनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले १ हजार १८९ मत प्राप्त गर्नुभएको छ ।
८१ वडा रहेको भोजपुरमा वडागत रूपमा मतगणना भइरहेको छ । कुल १ लाख २५ हजार ७६६ मतदाता रहेको भोजपुरमा ५८ हजार १६७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार