
भोजपुर, २३ फागुन । भोजपुरमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार शेरधन राईले अग्रता लिनुभएको छ ।
अरुण गाउँपालिका तथा आमचोक गाउँपालिका–१, २, ३, ४, ५ , ६ र ७ वडाको मतगणना सकिँदासम्म राईले २ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृती पार्टीका ध्रुवराज राईले २ हजार १ सय ९८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले १ हजार ५ सय २१ मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राईले १ हजार ३ सय ९८ मतसहित चौथो स्थानमा रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले ९ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
८१ वडा रहेको भोजपुरमा वडागत रूपमा मतगणना भइरहेको छ । कुल १ लाख २५ हजार ७ सय ६६ मतदाता रहेको भोजपुरमा ५८ हजार १ सय ६७ मत खसेको थियो ।

















