यशोधरा माध्यमिक विद्यालयलाई १६ थान डस्बिन हस्तान्तरण


भोजपुर, १६ फागुन ।
जीवन विकास लघु वित्त संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ अभियान सञ्चालन गर्दै यशोधरा माध्यमिक विद्यालयलाई १६ वटा डस्बिन हस्तान्तरण गरेको छ।

भोजपुर नगरपालिका–१२ टक्सारस्थित विद्यालयलाई संस्थाले चार वटा ठूला र १२ वटा साना डस्बिन प्रदान गरेको हो। विद्यालय परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले डस्बिन वितरण गरिएको संस्थाले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा विद्यालयको सरस्वती पार्क क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो। साथै, मन्दिर परिसर र विद्यालय वरपर सरसफाइ अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार