
भोजपुर, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरका नेता कार्यकर्ता धमाधम नेकपा (एमाले) प्रवेश गर्न थालेका छन् । आज मात्रै जिल्लाको रामप्रसादराई गाउँपालिका ६ कन्यदहमा बिन्द्र राई र पाण्डब राईको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमाले सचिव शेरधन राईले पार्टी प्रवेश गराएको एमाले भोजपुरले जनाएको छ । एमाले उम्मेदवार शेरधन राईको भोजपुर बदल्ने संकल्पलाई साथ दिन आफूहरु एमाले प्रवेश गरेको उनिहरुको भनाई छ । पाण्डब तत्कालिन माओवादी केन्द्र रामप्रसादराई गाउँपालिका वडा नं ६ का उपाध्यक्ष हुन् भने बिन्द्र वडा कमिटी सदस्य रहेका थिए ।

















