भोजपुरमा २ सय ४१ सदस्यीय नेशनल भोलिन्टियर्स फोर्स जिल्ला कमिटी गठन


भोजपुर, १२ फागुन । भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गीय संगठन ‘नेशनल भोलिन्टियर्स फोर्स’को २४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । जिल्ला संयोजक ज्ञानेन्द्र राईको अध्यक्षतामा सम्पन्न जिल्ला भेलाले सन्तोष वन सह–संयोजक रहने गरी कमिटी गठन गरेको हो ।

यसैबीच, नेशनल भोलिन्टियर्स फोर्सको भोजपुर नगर कमिटी दीपक श्रेष्ठको संयोजकत्वमा ३१ सदस्यीय कमिटी गठन गरेको छ । भेलाबाट विभिन्न पालिकाका संयोजकहरू पनि चयन गरिएको छ । साल्पासिलिछो गाउँपालिकामा दिलिप राई, षडानन्द नगरपालिकामा निर्मल भुजेल, अरुण गाउँपालिकामा रविन्द्र राई, पौवादुङमा गाउँपालिकामा सरोज चाम्लिङ, भोजपुर नगरपालिकामा दीपक श्रेष्ठ, टेम्केमैयुङ गाउँपालिकामा सन्तोष चाम्लिङ, रामप्रसादराई गाउँपालिकामा प्रशान्त राई, हतुवागढी गाउँपालिकामा आशिष निरौला र आमचोक गाउँपालिकामा दिनेश बिष्ट संयोजक तोकिएका छन् । जिल्ला संयोजक ज्ञानेन्द्र राई अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिति एमाले सचिव शेरधन राई रहुन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार