
भोजपुर २९ माघ ।
नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्धन र स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत भातृत्व र पर्यटन विकास गर्ने उद्देश्यले आयोजित तेस्रो मेयर कप भलिबल प्रतियोगिता माघ २९ गते सम्पन्न भएको छ । फाइनल खेलमा आमचोकले रामप्रसादराई गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ३ र ४ कार्यालय दावाँ, कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाडौं तथा दावाँली मिलन क्लब काठमाडौं सह–प्रायोजक रहेका थिए। प्रतियोगिताको आयोजना दावाँली मिलन क्लब दावाँ, भोजपुरले गरेको हो। नेपालको राष्ट्रिय खेल भलिबलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान, युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै खेलकुदलाई पर्यटनसँग जोड्दै आफ्ने जन्मस्थल दावांलाई विशुद्द सानाजिक कृयाकलाप द्वारा अन्तराष्ट्रिय स्तरमै लोकप्रिय वनाउने क्लवको उद्देश्य अनुरूप भलिवल प्रतियोगिता र दावां सांस्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाल भलिबल संघका महासचिव तथा दावाँली मिलन क्लब, काठमांडौ अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन २६ गतेबाट २९ सम्म सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा आमचोकले रामप्रसादराई गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिताको प्रथम पुरस्कार क्याप्टेन रमेश श्रेष्ठ र लिला मास्केको सम्पुर्ण भीषा सलुसनले प्रायोजन गर्रेको हो । श्रेष्ठ, कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानका संरक्षक सदस्य रहनुभएको छ भने मास्के सम्पूर्ण भीसा सोलुसनको सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँहरुले स्वर्गीय पिता माधवप्रसाद श्रेष्ठको स्मृतिमा समर्पण गर्दै प्रथम पुरस्कार स्वरूप दुई लाख २२ हजार २२२ रुपैयाँ प्रदान गर्नुभएको हो ।
उपविजेता बनेको रामप्रसादराई गाउँपालिकाले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु। १ लाख ११ हजार १११ प्राप्त गरेको छ । द्वितीय पुरस्कार ताराबाबु श्रेष्ठ (संरक्षक सदस्य, दावाँली मिलन क्लब काठमाडौंण), नीरज बाबु श्रेष्ठ र रूपेश श्रेष्ठले संयुक्त रूपमा प्रायोजन गर्नुभएको छ । यो पुरस्कार वहाहरूको स्वर्गीय पीताश्री टंकबहादुर श्रेष्ठ, सिद्धेश्वर माध्यमिक विद्यालय दावाँका प्रधानाध्यापकको स्मृतिमा समर्पण गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको तेश्रो पुरस्कार किरणवावु श्रेष्ठले रू ५५५५५ प्रदान गर्नु भएको थियो । उहाँ क्षेत्रीय भलिवल प्रतियोगिता २०३७ मा भोजपुर जिल्लावाट प्रतिनिधित्व गर्नु भएका भलिवल खेलाडीसमेत हुनुहुन्छ । प्रतियोगिता सञ्चालनको लागि वडाले पनि सहयोग गरेको वडा ४ का वडाध्यक्ष गिरेन्द्र खड्काले बताउनुभयो ।
दावामा रहेको कृष्णलक्ष्मी स्पोटर्स कम्प्लेक्सलाई भलिवल ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने लक्ष्यका साथ सम्भाव्यता अध्ययनका लागि नेपाल भलिवलघका अध्यक्ष जीतेन्द्र वहादुर चन्द, उपाध्यक्ष भरतवहादुर शाह , मुख्य भलिवल प्रशिक्षक एव राष्ट्रिय खेलकुद परीषद् तालिम विभागका उपनिर्देशक जगधिशप्रसाद भट्टको उपस्थिति रहेको थियो । भोजपुर नगरपालिका मेयर कैलास कुमार आलेले क्षेत्र क्षेत्रको विकासका लागि विगत ३ वर्षअघिबाट नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन हुँदै आएको बताउनुभयो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी आमचोक गाउँपालिकाका विष्णु बस्नेत बन्नुभयो । त्यस्तै उत्कृष्ट स्पाईकर रामप्रसादराई गाउँपालिका मदन तामाङ, उत्कृष्ट ब्लकर आमचोक गाउँपालिकाका सन्देश विष्ट, उत्कृष्ट सर्भर रामप्रसादराई गाउँपालिकाका अमृत मल्ल ठकुरी, उत्कृष्ट लिब्रो आमचोक गाउँपालिकाका सन्तोष राई,उत्कृष्ट सेटर आमचोक गाउँपालिका मनोज घिमिरे र उत्कृष्ट प्रशिक्षक आमचोक गाउँपालिकाका राजेन्द्र बस्नेत बन्नुभयो । खेल क्षेत्रको विकासमा स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार लगाएत सरोकारवाला सवै एकजुट हुनु आवाश्यक रहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
विधागत पुरस्कारअन्तर्गत दावाँली मिलन क्लब काठमाडौंका संरक्षक सदस्य दुर्गाप्रसाद भट्टराईले सर्वोकृष्ट खेलाडी ९बेस्ट प्लेयर० पुरस्कारका लागि १५ हजार रुपैयाँ पुस्कार प्रदान गर्नुभयो । त्यस्तै दावाँली मिलन क्लबका आजीवन सदस्य तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले प्रतियोगिताका लागि एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । डा। आनन्दप्रसाद श्रेष्ठले ९अध्यक्ष ओम अस्पताल काठमाण्डौ० २५ हजार रुपैयाँ तथा डा। भूपेन्द्रबहादुर बस्नेतले २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको आयोजकले जनाएको छ । डा । वस्नेत दावांली मिलन क्लव काठमाण्डौका संरक्षक सदस्य र चिकित्सा विज्ञान प्रतिष्ठानको उपकूलपति समेत हुनुहुन्छ । खेललाई पर्यटन संग जोड् भलिवल प्रतियोगिताको आयोजना गरिएको दाँवाली मिलन क्लवका अध्यक्ष सुदेश श्रेष्ठले बताउनुभयो ।
विधागत पुरस्कारतर्फ ज्वाला राज सैंजुले उत्कृष्ट प्रशिक्षक ९बेस्ट कोच० तथा उत्कृष्ट स्पाइकर विधाका लागि १४ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । साथै प्रतियोगिताको दोस्रो सेमिफाइनलिष्ट टिमको पुरस्कारका लागि माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार ५५५ रुपैयाँ प्रायोजन गरेको छ । त्यस्तै छत्र – वम वीष्ट स्मृति प्रतिष्ठानका अध्यक्ष विक्रम विक्रम विष्ट, फ्रन्टलाईन हस्पीटल वानेश्वरका अध्यक्ष नवराज पाण्डे , श्रेष्ठ टेलरींग सेन्टर , महिला आदर्श सेवा केन्द्र काठमाण्डौ , राजधानी मोडेल कलेज समेतको विशेष सहयोग रहेका थियो ।
प्रतियोगिताको अवसरमा माघ २८ गते सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा गाएक भिसण मुकारुङ, गायिका अस्मिता अधिकारी, गायक कृष्ण काफ्ले, मनोज साङसोन राई र टोकिन्द्र पौडेललगायत कलाकारहरूको रहेको थियो । वेलायत वीट आउनुभएका कृष्ण लक्ष्मी प्रतिष्ठानका सदस्य भोजेन्द्र गूरूंगले पनि राम्रो गीत प्रस्तुत गर्नुभएको थियो । स्थानिय र जिल्ला भरीकै लव्ध प्रतिष्ठित व्यक्तित्वहरू साथै जील्ला प्रशासनका सिडियो सहितका प्रशासकहरू को उपस्थितेले कार्यक्रम भव्य रूप ले सम्पन्न भयो ।


















