भोजपुरको चुनावी सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी दिइयो


भोजपुर, १ फागुन ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइएको छ। प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको सुरक्षा टोलीले निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध तथा समग्र अवस्थाबारे जानकारी गराएको हो।
निर्वाचन अवस्थाबारे बुझ्न भोजपुर आउनुभएकी कार्कीलाई जिल्लामा भइरहेको निर्वाचन तयारीबारे अवगत गराइएको थियो। छलफलमा प्रमुख जिल्ला अधिकारी पौडेल, जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहाल, चार वटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारीलगायत सहभागी थिए।
कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केशीको समेत उपस्थिति रहेको थियो। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा प्रवन्ध मिलाउन कुनै पनि कसुर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार