भोजपुर नगरपालिका–४ दाँवामा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु


भोजपुर, २६ माघ । भोजपुर नगरपालिका–४ दाँवामा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलासकुमार आले र नेपाल भलिबल संघका महासचिव तथा दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा भोजपुर नगरपालिकालाई पराजित गर्दै नयाँ श्रीनाथ गण भोजपुर दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबीच भएको खेलमा टेम्केमैयुङलाई हराउँदै रामप्रसादराई गाउँपालिका पनि दोस्रो चरणमा प्रवेश गरेको छ ।
दावाँली मिलन क्लबको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रयायोजनमा माघ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २२ हजार २२२ रुपैयाँ, द्वितीय हुने टिमले १ लाख ११ हजार १११ रुपैयाँ तथा सेमिफाइनलिस्ट टिमले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, लिब्रो, सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही ७–७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले स्थानीय खेलकुद विकास र खेलाडीहरूको उत्साह बढाउने विश्वास गरिएको छ ।

कार्यक्रममा भोजपुर नगरपालिका मेयर कैलाश कुमार आले , टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत, नेपाल भलिबल संघका महासचिव तथा दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ लगाएतले आफ्नो धारण राख्नुभएको थियो ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान, युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाल भलिबल संघका महासचिव तथा दावाँली मिलन क्लब काठमाण्डौका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो ।


भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितामा वडा नम्बर ३ र ४ कार्यालय दावाँ, श्रेष्ठ कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाडौं तथा दावाँली मिलन क्लब काठमाडौं सह–प्रायोजक रहेका छन् । प्रतियोगिताको आयोजना दावाँली मिलन क्लब दावाँ, भोजपुरले गरेको हो ।

प्रतियोगिताका विभिन्न पुरस्कार तथा विधागत सम्मानका लागि व्यक्ति तथा संस्थागत सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार क्याप्टेन रमेश श्रेष्ठ र लिला मास्केले प्रायोजन गर्नुभएको छ । श्रेष्ठ कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानका संरक्षक सदस्य रहनुभएको छ भने मास्के सम्पुर्ण भीसा सलुसनको सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँहरुले स्वर्गीय पीता  माधवप्रसाद श्रेष्ठको स्मृतिमा समर्पण गर्दै प्रथम पुरस्कारस्वरूप दुई लाख २२ हजार २२२ रुपैयाँ प्रदान गर्नुभएको हो।

त्यसैगरी प्रतियोगिताको द्वितीय पुरस्कार ताराबाबु श्रेष्ठ ९संरक्षक सदस्य, दावाँली मिलन क्लब काठमाडौं०, नीरज बाबु श्रेष्ठ र रूपेश श्रेष्ठले संयुक्त रूपमा प्रायोजन गर्नुभएको छ । एक लाख ११ हजार १११ रुपैयाँ बराबरको यो पुरस्कार स्वर्गीय टंकबहादुर श्रेष्ठ, सिद्धेश्वर माध्यमिक विद्यालय दावाँका प्रधानाध्यापकको स्मृतिमा समर्पण गरिएको आयोजकले जनाएको छ । तेश्रो पुरस्कार कीरणवावु श्रेष्ठले रू ५५५५५ गर्नु भएको हो । उहाँ क्षेत्रीय भलिवल प्रतियोगिता २०३७ मा भोजपुर जिल्लावाट प्रतिनिधित्व गर्नु भएका भलिवल खेलाडी हुनु हुन्छ ।

विधागत पुरस्कारअन्तर्गत दावाँली मिलन क्लब काठमाडौंका संरक्षक सदस्य दुर्गाप्रसाद भट्टराईले उत्कृष्ट खेलाडी ९बेस्ट प्लेयर० पुरस्कारका लागि १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

त्यस्तै दावाँली मिलन क्लबका आजीवन सदस्य तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले प्रतियोगिताका लागि एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

डा। आनन्दप्रसाद श्रेष्ठले (अध्यक्ष ओम अस्पताल काठमाण्डौ) २५ हजार रुपैयाँ तथा डा। भूपेन्द्रबहादुर बस्नेतले २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको आयोजकले जनाएको छ । डा । वस्नेत दावांली मिलन क्लव काठमाण्डौका सॅंकक्षक सदस्य र चिकित्सा विज्ञान प्रतिष्ठानको उपकूलपति समेत हुनुहुन्छ ।

विधागत पुरस्कारतर्फ ज्वाला राज सैंजुले उत्कृष्ट प्रशिक्षक (बेस्ट कोच) तथा उत्कृष्ट स्पाइकर विधाका लागि १४ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । साथै प्रतियोगिताको दोस्रो सेमिफाइनलिष्ट टिमको पुरस्कारका लागि माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार ५५५ रुपैयाँ प्रायोजन गरेको छ । त्यस्तै छत्र – वम वीष्ट स्मृति प्रतिष्ठानका अध्यक्ष विक्रम विक्रम विष्ट , फ्रन्टलाईन हस्पीटल वानेश्वर , श्रेष्ठ टेलरींग सेन्टर , महीला आदर्श केन्द्र काठमाण्डौ , राजधानी मोडेल कलेज समेतको विशेष सहयोग रहेको छ ।

प्रतियोगिताको अवसरमा माघ २८ गते सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिनेछ । कार्यक्रममा गाएक भिसण मुकारुङ, गायिका अस्मिता अधिकारी, गायक कृष्ण काफ्ले, मनोज साङसोन राई र टोकिन्द्र पौडेललगायत कलाकारहरूको प्रस्तुति रहने छ । आयोजकले जिल्लावासी तथा खेलप्रेमी दर्शकलाई प्रतियोगिता अवलोकन गरी खेलाडीको हौसला बढाउन आग्रह गरेको छ ।

त्यस्तै भलिवल ट्रेनिग सेन्टरको रूपमा दावाको स्पोर्टस कम्लेक्क्सलाई अघी वढाउन सकिने सम्मभाव्यता अध्ययनका लागी नेपाल भलिवल सॅंघका अध्यक्ष जीतेन्द्रवहादुर चॅंद, निवर्तमान अध्यक्ष मनोरंजनरमण शर्मा , भलिवल मुख्य प्रशिक्षक एवॅं राष्ट्रिय खेलकपद परीषद तालिम विभागका उपनिर्देशक जगधिशप्रसाद भट्ट यही माघ २७ गते भोजपुर आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार