
भोजपुर २२ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लव धरान फाइन खेलमा प्रवेश गरेका छन् ।
आज भएको सेमिफाइल खेलमा गुठा फुटबल क्लव टेम्केमैयुङलाई ३–० गोलअन्तर पराजित गर्दै अल स्टार फुटबल क्लव धरान र दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङलाई ४–१ गोल अन्तर हराउँदै छथर गाउँपालिका फाइनमा प्रवेश गरेको हो । पौवादुङमा रंगशालामा जारी गोल्डकपको फाइनल खेल शुक्रबार सम्पन्न हुनेछ ।
गोल्ड कप प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हुने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ । माघ १४ गतेबाट शुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।


















