यशोधराका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण


भोजपुर, २१ कात्तिक । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो सिजन सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडो सिजन शुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ ।

जाडो मौसममा धेरै विद्यार्थी उचित पोसाकको अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने समस्या देखिँदै आएको अवस्थामा पोसाक वितरण सहयोग पुगेको उहाँको भनाइ छ ।
सेवक अभियान धरानले विभिन्न दुर्गम विद्यालयहरूमा पुगेर लत्ताकपडा, शैक्षिक सामग्री र सरसफाइ सामग्री वितरण गर्ने गर्दै आएको जनाएको छ । न्यानो कपडा तथा शैक्षिक सामग्री पाएसँगै विद्यार्थी खसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार