
भोजपुर, २१ भदौ । निजामती सेवा दिवस–२०८२ को अवसरमा धनकुटा कारागारमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रममा १ सय ५६ जना पुरुष र ५ जना महिला गरी १ सय ६१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। कैदीबन्दीहरूको स्वास्थ्यप्रति चासो राख्दै आगामी दिनमा नियमित स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन कार्यक्रमकाे आयाेजना गरिएकाे जिल्ला कारागार कार्यालय धनकुटाका प्रशासक सन्दिप न्यौपानेले बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र सुवेदी, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्री, जिल्ला कारागार कार्यालय धनकुटाका प्रशासक सन्दिप न्यौपानेलगायत स्थानीय सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
स्वास्थ्य परीक्षण कार्यक्रम स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, कारागार कार्यालय र धनकुटा नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। यस वर्षको निजामती सेवा दिवस “व्यवसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ मनाइँदैछ।