
भोजपुर, १० भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यले कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष लाभ पुग्ने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकामा आधुनिक यन्त्र–उपकरणसहितको भवन निर्माणले सेवा प्रवाहसँगै कृषि र पशुपालनमा देखिएका विभिन्न समस्याको निराकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
“सुविधा सम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ,” अध्यक्ष राईले भन्नुभयो, “यो भवनले सेवा प्रवाहसँगै विभिन्न विषयमा अनुसन्धान गर्नसमेत टेवा पुग्नेछ ।”
गाउँपालिकामा आधुनिक उपकरणसहितको भवन निर्माणले यहाँको कृषि र पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचार पद्धति विकास गर्न सहज हुने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।
यहाँ कृषि र पशु रोगको विषयमा परीक्षण गर्न छुट्टाछुट्टै ल्याब रहेकाले रोग तथा किराको पहिचानमा सहयोग पुग्ने उहाँको भनाइ छ । आर्थिक कोरिडोर पाख्रीबासले निर्माण गरेको यो आधुनिक ल्याबसहितको भवन मंगलबारदेखि सञ्चालनमा आएको हो ।
सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनुभयो । गाउँपालिकामा आधुनिक यन्त्र–उपकरणसहितको भवन निर्माणले सेवा प्रवाहसँगै कृषि र पशुपालनमा देखिएका विभिन्न समस्याको निराकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।पौवादुङमामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन
भोजपुर, १० भदौ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यले कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष लाभ पुग्ने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकामा आधुनिक यन्त्र–उपकरणसहितको भवन निर्माणले सेवा प्रवाहसँगै कृषि र पशुपालनमा देखिएका विभिन्न समस्याको निराकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
“सुविधा सम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ,” अध्यक्ष राईले भन्नुभयो, “यो भवनले सेवा प्रवाहसँगै विभिन्न विषयमा अनुसन्धान गर्नसमेत टेवा पुग्नेछ ।”
गाउँपालिकामा आधुनिक उपकरणसहितको भवन निर्माणले यहाँको कृषि र पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचार पद्धति विकास गर्न सहज हुने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।
यहाँ कृषि र पशु रोगको विषयमा परीक्षण गर्न छुट्टाछुट्टै ल्याब रहेकाले रोग तथा किराको पहिचानमा सहयोग पुग्ने उहाँको भनाइ छ । आर्थिक कोरिडोर पाख्रीबासले निर्माण गरेको यो आधुनिक ल्याबसहितको भवन मंगलबारदेखि सञ्चालनमा आएको हो ।
यो भवनबाट कृषि र पशु रोगको विषयमा परीक्षण गर्न छुट्टाछुट्टै ल्याब रहेकाले रोग–कीराको पहिचानमा सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनुभयो । रोगको महामारी देखिएको खण्डमा यहीँ परीक्षण गरेर आवश्यक कदम अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।