एमाले भोजपुरलाई सामग्री हस्तान्तरण


भोजपुर, १९ साउन ।
नेकपा (एमाले) भोजपुरद्वारा सञ्चालन गर्ने पार्टी सदस्यता कार्ड वितरण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ । काठमाण्डौंमा आइतबार एक कार्यक्रमका बीच  सामाग्री हस्तान्तरण गरिएको हो ।

भोजपुर घर भई हाल काठमाण्डौंमा विभिन्न पेसा, व्यवसाय र पार्टी जिम्मेवारीमा सक्रिय रहेका व्यक्तिहरुले कार्ड प्रिन्टर, सदस्यता कार्ड, प्रिन्टर मसी , फोटो पेपर एमाले भोजपुरलाई निःशुल्क रूपमा हस्तान्तरण गरेको एमाले भोजपुरका जिल्ला सचिव एक्सन राईले जानकारी दिनुभयो ।

यो अभियानले सदस्यता अभिलेखलाई व्यवस्थित गर्दै डिजिटल प्रणालीमा रूपान्तरण गर्ने पार्टी सचिव राईले बताउनुभयो । उहाँले अभिलेखलाई पारदर्शी र भरपर्दो बनाउँदै सदस्यता कार्डले कार्यकर्तासँग संगठनको सम्बन्ध अझ प्रगाढ बनाउनेछ भने, नयाँ पुस्तालाईसमेत आकर्षित गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रम र निर्वाचनहरूमा सदस्य परिचय सहज हुनुका साथै पार्टीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने राईले विश्वास व्यक्त गर्नुभयो । यो अभियान अन्तर्गत भोजपुरका ८१ वटै वडाका तीन हजार ५७ जना सदस्यहरूको हातमा पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको सदस्यता कार्ड पुग्ने बताउदै यसले पार्टीप्रति गर्वको भावना बढाउने र संगठनात्मक काममा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।

सहयोगदाताको तर्फबाट बोल्दै राजकुमार कार्कीले पार्टीको अभियानलाई सफल बनाउने विश्वासका साथ हामीले यो सहयोग गरेको र यसले पार्टीको काम सहज , कार्यकर्ता र जनताबीचको सम्बन्ध पनि अझ बलियो बनाउने विश्वास लिएको बताउनु भयो । कार्यक्रममा सहभागी तथा सहयोग गर्नुहुनेमा पारुहाङ राई, श्रीकृष्ण श्रेष्ठ, कमल प्रधान, राजकुमार श्रेष्ठ, सुजन राई, रोशन बस्नेत, शारदा घले, बिरेन्द्र श्रेष्ठ, ढोकल आले मगर, प्रजिना चौहान शेर्पा, अम्बर राउत, सन्जु राई, अविरल कार्की, रेजिन श्रेष्ठ, अनन्त राई, शशि रोकाहा, मनोज सान्सोन राई रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार