षडानन्दमा पन्ध्र शैश्याको दिङ्ला नगर अस्पताल उद्घाटन


भोजपुर, २७ असार ।
भोजपुरका उत्तरी क्षेत्रका दुई वटा स्थानीय तहलाई लक्षित गरेर षडानन्द नगरपालिकामा अस्पताल सञ्चालनमा ल्याइएको छ । स्थानीयको वर्षौदेखीको स्वास्थ्य सेवाको समस्यालाई ध्यानमा राख्दै यहाँ पन्ध्र शैयाको ‘दिङ्ला नगर अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले षडानन्द र साल्पासिलिछो गाउँपालिकाका करिव ३६ हजार जनसङ्ख्यालाई सेवा पुग्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । नगरपालिकाले सम्पूर्ण जनशक्ति व्यावस्थापन गरेर अस्पताल सञ्चालनमा ल्याएको प्रमुख उदासको भनाइ छ ।
“दिङ्ला नगर अस्पताल उद्घाटन गरेका छौँ” प्रमुख उदासले भन्नुभयो,“उत्तरी क्षेत्रमा अस्पताल नहुँदा सेवा प्रवाहमा समस्या थियो । यो अस्पतालले दुई वटा स्थानीय तहका करिव ३६ हजार नागरिकलाई सेवा पुग्ने छ ।”
भारतिय दुतबासको सहयोगमा २०७८ सालमा निर्माण भएको अस्पताल भवन प्रयोग विहिन अवस्थामा रहेको थियो । नगरपालिकासँगै स्वास्थ्य सेवा विभागबाट रुं ४० लाख बराबरको स्वास्थ्य सामग्री ल्याएर अस्पताल सञ्चालनमा ल्याइएको प्रमुख उदासले बताउनुभयो ।
उत्तरी क्षेत्रलाई लक्षित गरेर अस्पताल सञ्चालन गरिएपछि स्थानीय नागरिक उत्साहित भएका छन् । अस्पताल षडानन्द ७ मा बिहिवारबाट सञ्चालनमा आएको हो ।

षडानन्द ७ का वडाध्यक्ष दिपेश विष्टको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिति नगर प्रमुख सुरेन्द्र कुमार उदास रहनु भएको थियो । कार्यक्रममा उप प्रमुख प्रमिला राई, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाइ स्थानीय समाजसेवी बुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार