रामप्रसादराई गाउँपालिकाद्धारा आगलागी पीडितलाई राहत वितरण (भिडियो सहित)


भोजपुर,२८ चैत ।

भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । आगलागी पीडत भुल्केका स्थानीय विश्वनाथ भट्टराईलाई गाउँपालिकाले राहत दिएको हो ।

गाउँपालिकाले अग्नी पीडित भट्टराईलाई तत्कालिन राहतको लागि दुई बोरा चामल, १२ पोका तेल, पाँच/पाँच केजी दाल, चिनी, दुई केजी नुन र एक थान त्रिपाल वितरण गरेको हो । घर जलेर स्थानीयको आश्रयमा बसेका भट्टराईलाई घरमा पुगेर राहत वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो ।

गत चैत १८ गते विद्युत सर्ट भएर आगलागी हुँदा भट्टराईको नगदसहित घर जल्दा रु. आठ लाख १२ हजार बराबरको क्षति भएको थियो । आगलागीबाट रु. एक लाख ८२ हजार नगदसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको पीडित विश्वनाथ भट्टराईले जानकारी दिनुभयो ।

टोल विकास संस्थाको अगुवाईमा पीडितको घर श्रमदानमार्फत पुनः निर्माण गरिदिने वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । उहाँको लागि सहयोग संकलनको कामसमेत भईरहेको वडाध्यक्ष थापामगरले बताउनुभयो । पीडित भट्टराई लाई रेडक्रसलेसमेत सहयोग हस्तन्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार