नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरकाे अध्यक्षमा विष्णुकुमार राई निर्वाचित


भोजपुर, २१ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको जिल्ला अध्यक्षमा विष्णुकुमार राई निर्वाचित हुनु भएको छ । संगठनकाे १४ औँ जिल्ला अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिवेशनबाट २५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षहरुमा सरस्वती राई र प्रशुराम काफ्ले सचिवमा लक्ष्मण जोशी, कोषाध्यक्ष गंगादेवी प्रधान, सहसचिव कमला प्रधान र सह कोषध्यक्ष अमृत लुइटेल निर्वाचिन हुनु भएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा रविन राई, खगेन्द्र घिमिरे, घनश्याम भण्डारी, यदिकुमार श्रेष्ठ, कटक बहादुर विष्ट, हरिप्रसाद लुईटेल, आनन्द कुमार भुजेल, रामकुमार राई, गोपाल पराजुली, धनकुमार जिसी, माया मगर, गीतादेवी राई, हर्कराज शेर्पा, भक्तकुमारी तामाङ, स्नेह राई र नीता सुवाल निर्वाचित हुनु भएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा ध्रुवराज रेग्मी, हर्कराज राई र लक्ष्मी सञ्जेल चयन हुनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार