राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना


भोजपुर, २३ असोज । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु. एक लाख रुपैँया राशीको अक्षय कोष स्थापना गर्नु भएको छ । राज्य मन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना गर्नु भएको हो । स्वर्गिय गायक गुरुङले सांगितिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप ब्यक्तिगत रुपमा अक्षय कोष स्थापना गरिदिएको राज्य मन्त्री राईले बताउनुभयो । यो अक्षय कोषको रकमको ब्याजबाट गुरुङको स्मृतिमा प्रत्येक वर्ष  निरन्तर रुपमा कार्यक्रममा खर्च गरिने उहाँको भनाइ छ । यस्ता कार्यक्रमले उहाँका प्रतिभाहरु प्रस्फुटन गर्न सहज हुने उहाँले जानकारी दिनुभयो ।

“स्वर्गिय गुरुङले सांगितिक क्षेत्रमा अतुलनिय योगदान पु¥याउनु भएको छ” राज्यमन्त्री राईले भन्नुभयो,“यस्ता ब्यक्तिहरुलाई समाजले कदर गर्न अवश्यक छ । उहाँको सम्मान स्वरुप मैले अक्षय कोष स्थापना गरेकी हुँ ।अवका दिनमा उहाँको स्मृतिमा प्रत्येक वर्ष कार्यक्रम गर्न सहज हुनेछ ।” स्वर्गियको विरेन्द्र गुुरुङ टेम्केमैयुङ गाउँपालिका ९ लेर्खकमा जन्मनु भएको हो । पाँचधारे कला साहित्य केन्द्रले आयोजना गरेको साहित्यिक तथा सास्कृतिक कार्यक्रममार्फत उहाँले अक्षय कोष स्थापना गर्नु भएको हो । राज्यमन्त्री राईको जन्म स्थल पनि टेम्केमैयुङ ९ लेखर्क नै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार