भोजपुरमा ‘बाखा मित्मा’ सम्बन्धि कार्यशाला शुरु


भोजपुर, १० असोज । भोजपुरमा बाखा मित्मा (माटोको सम्झना) सम्बन्धि कार्यशाला शुरु भएको छ । कार्याशाला असोज ९ गतेबाट असोज १६ गतेसम्म सात दिन सञ्चालन हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका प्रमुख पावीहाङ राईले जानकारी दिनुभयो । कार्यशालामा विभिन्न तीन वटा विषयमा विज्ञहरुसँग प्यालन डिस्कसन हुने उहाँले बताउनुभयो । १२ गते भोजपुर नगरपालिकाको हलमा प्यालन डिस्कसन हुने उहाँले जानकारी दिनुभयो ।

कार्यशालाको माध्यमबाट फोटो विषयमा बुझाउने, फोटोको महत्वसँगै संरक्षणको विषयमा जानकारी दिने, आर्ट सम्वन्धि जानकारी दिनेसँगै अन्य विविध विषयमा आवश्यक ज्ञान प्रदान गर्ने अनुदिप राईले बताउनुभयो । मुख्य गरेर कार्यशाला इतिहासको खोजीमा केन्द्रीत हुने उहाँको भनाइ छ । कार्यक्रम अन्तिम दिन सहभागिको तर्फबाट फोटो प्रर्दशनी गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार