भोजपुर बहुमुखी क्याम्पसमा भाषा सम्पादन समिति गठन


भोजपुर, ६ असोज । भोजपुर बहुमुखी क्याम्पसमा भाषिक विज्ञ सहितको भाषा सम्पादन समिति गठन गरिएको छ । क्याम्पस प्रमुख भुलानाथ राईद्धारा आइतबार जारी विज्ञप्तीमा क्याम्पस प्रशासनको बैठकले दुई सदस्यीय भाषा सम्पादन समिति गठन गर्ने निर्णय गरिएको जनाएको छ । समितिको नेपाली भाषाको विज्ञमा उपप्रध्यापक बाबुराम ओझा र अंग्रेजी भाषाको विज्ञमा उपप्राध्यापक प्रकाश राई रहनु भएको छ ।

विज्ञप्तीमा जनाईएको छ “ भाषिक सुद्धताको सुनिश्चितताको विषयमा विज्ञतासँग संवन्धित भएकाले आगामी दिनमा यस क्याम्पसबाट तयार गरिने र प्रकाशन गरिने सबै खालको आधिकारिक कागजातहरुको भाषिक शुद्धताको सुनिश्चितता गर्नको लागि भाषिक समिति गठन गरिएको छ।”

क्याम्पसले २०८१।०८२ को लागि स्नातक तह,चौथो बर्षको सबै कक्षाको पठनपाठन मिति २०८१।०६।०६ गतेदेखि सुरु गर्ने भन्ने बिषयको सूचनामा प्राविधिक कारणले त्रुटि भएको थियो । क्याम्पसको छविलाई उच्च राख्न  आगामी दिनमा भाषिक त्रुटि हुन नदिन गम्भिर भएर समिति गठन गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार