खेलक्षेत्रको विकास गर्न पौवादुङमाद्धारा आफ्नै प्रशिक्षक नियुक्त


भोजपुर, २७ भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नै खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने लक्ष्यले जिल्लामा पहिलो पटक गाउँपालिकाले आधिकारिक रुपमा खेल प्रशिक्षक नियुक्त गरेको हो । गाउँपालिकामा सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यले ऐन जारी गरेर खेलकुद विकास समिति गठन पश्चात आधिकारिक रुपमा प्रशिक्षक नियुक्त गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

गाउँपालिकाको गरिमा बढाउदै राष्ट्रका लागि असल र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने दीर्घकालिन सोचका साथ खेल क्षेत्रको विकासमा जुटेको अध्यक्ष राईको भनाइ छ ।“अन्य क्षेत्रको योजनाबद्ध विकासँगै समग्र खेल क्षेत्रको विकासमा जुटेका छौँ” अध्यक्ष राईले भन्नुभयो,“ हामीले ऐन बनाएर खेलकुद समिति गठन गरेका छौँ । दक्ष र व्यावसाियक खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।”

गाउँपालिकाले दिपक आलेलाई खेलकुद प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । यहाँका नौ वटा स्थानीय तह मध्ये ऐन बनाएर खेलकुद विकास समिति गठन गरेर प्रशिक्षक नियुक्त गर्ने पौवादुङमा पहिलो स्थानीय तह बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार