प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा टक्सारमा एमालेको अन्तरक्रिया


भोजपुर, २६ कात्तिक । भोजपुर नगरपालिका –१२ टक्सारमा एमालेको अन्तरक्रिया कार्यक्रम भएको छ । आफ्ना गविविधिलाई जनता माझ लैजादै पार्टीलाई संशक्त बनाउने उद्धेश्यले कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा वडाका समस्या तथा पार्टी जिवनको कठिनाईको बारेमा छलफल गरिएको छ । अन्तरक्रिया कार्यक्रम मार्फत एमाले प्रदेश कमिटी सदस्य राजन श्रेष्ठ र राजकुमार दंगाल(समुल)ले पार्टीको आगामी रणनिति तथा संगाठत्मक भावी योजनाको विषयमा जानकारी गराएका छन् ।

प्रदेश कमिटी स दस्य राजन कुमार श्रेष्ठले पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउन तल्लोस्तरसम्म पार्टीको गतिविधि बढाउनु पर्ने बताए । साथै उनले एमाले सरकारले गरेका कामको अन्य पार्टीहरुले जस लिने खालका अभिव्यक्ति दिने गरेकोले त्यसको बारेमा जनतालाई जानकारी दिनुपर्ने धारणा राखे । श्रेष्ठले भने ‘‘ हामीले एमालले गरेका कामलाई जनस्तरसम्म लैजान आवश्यक छ । गाँस, बास, कपाससँगै शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गरेर समृद्ध नेपाल र सुखी नेपालीको चाहानालाई पुरा गर्न सकिन्छ । एक घर एक रोजगारको अभियान ल्याएर औद्योगिक क्षेत्रको विकासका लागि उद्योग क्षेत्रमा लागेकाहरुले रोजगारीको सृजना गर्नु पर्दछ । जसबाट सबै जनताले चाहेको दुई छाक खाना र दुई धरो नानाको खुसीका साथ व्यवस्था गर्न सकुन् ।’

त्यस्तै प्रदेश कमिटी सदस्य राजकुमार दंगाल (समुल)ले एमाले वर्ग संघर्षको लागि लड्ने देशभक्तहरुको पार्टी रहेको बताए । उनले अहिलेको एमाले नेकपाको निरन्तरता सहितको सहि विचार बोक्नेहरुको पार्टी रहेको धारणा राखे । दंगालले भने,‘अहिलेको एमाले सहि विचारकहरुको पार्टी हो । यसले सर्वहारा जनताको विकास र समृद्धिको चाहनालाई बोकेर हिडेको छ । यसले श्रमविजी वर्गको प्रतिनिधित्व गर्छ ।त्यसैले पार्टीको आन्तरिक जीवनलाई शक्तीशाली बनाउन ढृड संकल्प गत एकताको आवश्यकता छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार