भोजपुरमा निजामती सेवा दिवसमा बृक्षरोपन


भोजपुर, २२ भदौ । भोजपुरमा निजामती सेवा दिवसको अवसरमा बृक्षरोपन गरिएको छ । दिवसको अवसरमा सुम्निमा पोलिटेक्निक ईन्स्टीच्युट परिसरमा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । कार्यालय परिसरमा दाँते ओखर, तेजपात, धुपी, लगाएत प्रजातीका ४० विरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । वातावरण प्रदुषणका कारण विभिन्न रोगको संक्रमण फैलने भएकाले त्यसको नियन्त्रणमा समेत स्वच्छ वातावरण आवश्यक्ता पर्ने भएकाले दिवसको अवसरमा विभिन्न प्रजातिका विरुवाको बृक्षरोपण गरिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

डिभिजन वन कार्यालयको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी शुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार