कोरोनाका विरामी बढेपछि टेम्केमैयुङ गाउँपालिकाको रिमचिम टोल १५ दिनका लागि बन्द


भोजपुर, ४ भदौ ।
कोभिडका विरामी बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको रिमचिम टोलमा विहीबारबाट १५ दिनको लागि आवत जावत बन्द गरिएको छ । स्थानीयले सिताराम राईको संयोजकत्वमा सर्तकता समिति गठन गरेर टोलमा आवत जावत बन्द गर्ने निर्णय गरेका हुन् । केहि दिन अघि ७४ जनाको कोभिड परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको वडासदस्य गणेश राईले जानकारी दिए । टोलमा कोरानाका विरामी बढेपछि निर्णय गरेर गाउँ बन्द गरिएको वडाध्यक्ष नरबहादुर राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार