नेपाल लाईफ इन्स्योरेन्स भोजपुर उपशाखाले दियो, १० लाख ३२ हजार पाँच सय मृत्यु दावी भुक्तानी


भोजपुर, ३ भदौ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भोजपुर उपशाखाले निमा दावा शेर्पाको मृत्यू दावी भुक्तानी गरेको छ । भोजपुुर नगरपालिका ९ पानीट्याङकीका शेर्पाको २०७८ वैशाख २८ गते ३१ बर्षको उमेरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएकाले जीवन बीमा भुक्तानी गरेको हो । मृतक शेर्पाले इच्छाइएको व्यक्ति निजको धर्मपत्नी फुर्ली शेर्पालाई विहिवार एक कार्यक्रमका विच बीमा दावी वापत १० लाख ३२ हजार पाँच सय रूपैयाँको चेक भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले हस्तान्तरण गरेको उपशाख प्रमुख दिपक वस्नेतले बताए । शेर्पाले ६ महिना अगी १० लाखको विमा गरेकोले समयको बोनस सहित उक्त रकम भुक्तानी गरिएको उपशाखले जनाएको छ । बिमाले दाबि दिदैन भन्ने कुरालाइ चिर्दै उपशाखाले मृतकको घरमै गएर भुक्तानी गर्दै आएको प्रमुख वस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार