भोजपुरमा राष्ट्रिय परिचय पत्र वितरणको काम तिव्र


भोजपुर, २४ साउन । भोजपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको छ । पहिलो चरणमा भोजपुरमा पाँच हजार बढीको तथ्याङक संकलन भईसकेको छ । कोरोना संक्रमणको महामारीको बीचमा पनि राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको हो । गत वर्षको साउनबाट तथ्याङक संकलन सुरु गरिएको भए पनि कोरोना संक्रमणको कारण जिल्ला प्रशासन कार्यालयबाट मात्र संकलन गरिदै आएको थियो । तर अव भने स्थानिय स्तरबाटै तथ्याङक संकलन भइरहेको छ । हस्त लिखित हस्ताक्षर, १० औँलाको औँठा छाप, आँखाको रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधिकारीक रुपमा संकलन गरी नागरिकलाई एक अर्कासँग मेल नखाने गरी परिचयको नम्बर प्रदान गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रजिअ भण्डारीले भने,‘यहाँ तिव्रगतिमा विवतरण संकलनको काम भईरहेको छ । भोजपुर नगरपालिकाबाट पहिलो चरणको काम थालनी भएको छ । नागरिकहरुको सहभागिता उत्साहजनक छ ।’

कम्युटरबाट प्रमाणिकरण गरी राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ । नागरिकले सहज रुपमा सेवा पाउन भन्ने उदेश्यले वडा स्तरमै संकलनको काम गरिएको राष्ट्रिय परिचयपत्र वितरण शाखाले जनाएको छ । यहाँ साउन १७ गतेबाट काम सुरु गरिएको शाखाले जनाएको छ । पहिलो चरणमा भोजपुर नगरपालिकाबाट कामको थालनी भएको र दोस्रो चरणमा पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिका तेस्रो चरणमा टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

परिचय पत्र संकलन कार्यको जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गरिरहेको छ । परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा बसाईसराइको प्रमाणपत्र चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै भिडभाड कम होस् भनेर साविकका वडाहरुमा नागरिकलाई उपस्थित गराई काम गरिरहेको स्थानीय तहहरुले जनाएका छन् ।

वितरण संकलनको काम एक स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गरिने जनाइएको छ । स्थानीय तहका सवै वडामा एक साथ कामको थालनी भईरहेको प्रशासन कार्यालयको भनाइ छ । परिचय पत्र विवरण भर्नको लागि स्थानीयको उत्साहजनक सहभागिता रहेको कार्यालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार