पौवादुङमाद्धारा गाउँपालिका अध्यक्ष छात्राबृति वितरण कार्यक्रम सम्पन्न


भोजपुर, २४ असार । पौवादुङमा गाउँपालिकाले ‘गाउँपालका अध्यक्ष’ छात्राबृति वितरण गरेको छ । गाउँपालिकाद्धारा सञ्चालित सामुदायिक विद्यालयका कक्षा–५, ८ र १० कक्षामा उत्कृष्ट अंक ल्याएर प्रथम, दितिय र तृतिय भएका विद्यार्थीहरुलाई छात्राबृति वितरण गरिएको हो । गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने ११ जना विद्यार्थीलाई छात्राबृति वितरण गरेको जनाएको छ । विद्यार्थीहरुलाई उत्साह तथा उत्प्रेरणा जगाउने उद्धेश्यले उक्त छात्राबृतिको स्थापना गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ गाउँपालिका भरिका सबै विद्यालयका कक्षा ५, ८ र १०का उत्कृष्ट विद्यार्थीहरुलाई छात्राबृति वितरण गरेका छौँ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग मिलोस् तथा पढ्ने वाताबरण निर्माण गर्नको लागि यसको स्थापना गरेर विद्यार्थीहरुलाई प्रोत्साहन गरेका छौँ । साथै विद्यालयको शैक्षिक गुणस्तरलाई बृद्धि गर्नको लागि गाउँपालिकाले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’

गाउँपालकाले न्यानो कपडा , झोला वितरण, विद्यार्थीहरुको लागि शैक्षिक साम्रगी वितरण तथा विभिन्न अतिरिक्त क्रियाकलाप समेत गराउदै आएको अध्यक्ष राईले जानकारी दिए । यस वर्ष करीब ५० लाख बराबरको लगानीमा विद्यार्थीहरुलाई झोला वितरण गर्ने गरी आफूले पहल गरेको र त्यो चाडै वितरण हुने अध्यक्ष राईको भनाइ छ । ‘ यहाँका सम्पूर्ण सामुदायिक विद्यालयका विद्याथीहरुलाई मेरो पलमा करिब ५० लाख बराबरको झोला वितरण तयारी भईरहेको छ । त्यसलाई पनि गाउँपालिकाले चाडै वितरण गर्नेछ । मानिसको चेतनाको विकास गर्ने पहिलो आधार शिक्षा भएकोले यस विकासमा मैले विषेश प्राथमिकता साथ काम गरिरहेको छु ।’ अध्यक्ष राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार