भोजपुरमा खोलामा डुबेर युवकको मृत्यु


भोजपुर, १० फागुन ।
खोलामा डुबेर युवकको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका ११ का स्थानीय ३५ वर्षीय सुरेन्द्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मगरको वडा नम्बर ७ र वडा नम्बर १२ को सीमानामा रहेको खकुवा खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरीको भनाइ छ ।शवलाई जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

सुरेन्द्रको मानसिक सन्तुलन ठिक नभएको परिवारिक श्रोतले जनाएको छ ।खोलामा डुबेर युवकको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका ७ का स्थानीय ३५ वर्षीय सुरेन्द्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।मगरको वडा नम्बर ७ र वडा नम्बर १२ को सीमानामा रहेको खकुवा खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरीको भनाइ छ ।शवलाई जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । सुरेन्द्रको मानसिक सन्तुलन ठिक नभएको परिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार