भोजपुरमा मतदाता नामावली अद्यावधिक गरिँदै


भोजपुर १२ माघ ।  जिल्ला निर्वाचन कार्यालय भोजपुरले मतदाता नामावली अद्यावधिकको कामलाई तिव्रता दिएको छ । कार्यालयले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरेको हो । सोमवार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा जिल्ल प्रशासन कार्यालय भोजपुरमा भएको अन्तरक्रिया कार्याक्रममा मतदाता नामावली अद्यावधिक तथा दावी विरोध विषयमा छलफल भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले कार्यक्रमलाई निर्धारित समय भित्र सम्पन्न गर्न सबै पक्षलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।

त्यस्तै कार्यतालिका अनुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने दाहोरो पर्न गएका नामावली हटाउने उजुरी लिने लगायतका दाबी बिरोधका कार्यमा आबश्यक सहयोग समन्वय र प्रचार प्रसारका कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन निर्वाचन कार्यालयका प्रमुख पवन कुमार रेग्मीले बताए । सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी मिति तोकिए संगै नामावाली अद्यावधिक तथा दावी विरोधको काम सुरू गरिएको कार्यालयले जाएको छ।  माघ १५ देखि २१ गते सम्म पालिका केन्द्रमा र माघ १५ देखि २६ सम्म भोजपुर लगाएत ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावाली अद्यावधिक गर्न सुरू गरिने भएको छ। कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी  लगाएतका सरोकारवाला निकायहरु उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार