जसपा भोजपुरद्धारा विरोध प्रदर्शन


भोजपुर, ८  माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशभरसंगै बुधबार भोजपुरमा पनि विरोध सभा गरेको छ । पार्टी अध्यक्ष आसकुमार राईको नेतृत्वमा भएको विरोध सभा बजार परिक्रमापछि चारभञ्ज्याङमा पुगेर कोणसभामा परणित भएको थियो । सभालाई सम्बोधन गर्ने अधिकांश बक्ताले जनविद्रोहलगायत विभिन्न कालखण्डमा भएका देशमा भएका आन्दोलन र सङ्घर्षका उपलब्धिलाई ओझेलमा पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

संसद् विघटन असंवैधानिक, अलोतान्त्रिक र प्रतिगमनकारी कदम भएको बताउँदै यसलाई खारेज गर्न आफुहरुले देशभर चरमबद्ध आन्दोलन गर्नबाट पछी नहट्ने बताएका थिए । साथै ओलिले आफैले बनाएको संविधानको कुनै धारा प्रयोग नगरी संविधानलाई कुलचिएर हत्या गरेको आरोप लगाएका छन् । सभालाई केन्द्रीय सदस्य गोपाल कुमार किराँती, केन्द्रिय सदस्य ईन्द्रहाङ राई, केन्द्रीय सदस्य राम सिंह राई, जिल्ला उपाध्यक्ष रमेश निरौला खत्रि, जिल्ला अध्यक्ष आश कुमार राई लगाएतका नेताले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार