भोजपुरको दुम्मानामा अस्थायी प्रहरी पोष्टको स्थापना


भोजपुर २६ पौष ।  पछिल्लो समय जिल्लामा प्रहरीले आफ्ना सुरक्षाका गतिविधीहरुलाई बढाएको छ । प्रहरीले जनताको घरदैलोमा पुगेर सेवा दिने तथा अपराधिक क्रियाकलाप न्यूनिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । सहजरुपमा जनता समक्ष सेवा पु¥याउने लक्ष्यका साथ दक्षिणी क्षेत्रको दुम्मानामा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको छ । भोजपुर र उदयपुरको सिमानामा प्रर्ने आमचोक गाउँपालिका – ९ दुम्मानामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएसंगै जिल्लामा प्रहरी पोष्टको संख्या २९ पुगेको छ । पोष्ट स्थापना भएसंगै सानो कामको लागि पनि घण्टौँ लगाएर गाउँपालिका तथा बालाङखा धाउनु पर्ने स्थानियको बाध्यता हटको छ । शान्ती सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले आफ्नै गाउँघरमा चौकी स्थापना गरेपछि स्थानिय खुशी भएका छन् । राज्यको सेवा जनताको घरघरमा पु¥याउने उदेश्यले पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । हालसम्म जिल्लामा २९ वटा प्रहरी ईकाइहरु स्थापना भईसकेको कार्यालयले जनाएको छ । दुर्गम भेगका स्थानियलाई सुरक्षाको प्रत्याभुती दिलाउने उदेश्यले कार्र्यालयको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले बताए ।

शान्ती सुरक्षा कामय राख्न दुम्मानामा प्रहरी पोष्ट आबश्यक देखिएकोले स्थापनाको लागि पहल गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । दुर्गम भेगमा दिन प्रतिदिन घरेलु हिंसा बढीरहेकोले त्यसलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले बताए । ठूलो भुगोल तथा भौगोलिक रुपमा दुर्गम भएकाले स्थानिय तह कार्यान्वयनमा आएदेखि नै पोष्ट स्थापनाको लागि माग गरिएको आमचोक गाउँपालिकाले जनाएको छ ।ठुलो पहल र प्रयत्नपछि प्रहरी पोष्ट स्थापना गर्न सफल भएकोले अब सो क्षेत्रमा घरेलु हिंसा, लागु औषध तथा अन्य आपराधिक क्रियाकलापमा कमी आउने गाउँपालिका अध्यक्ष असोक राईको भनाइ छ ।

पोष्ट स्थापनाले जिल्लाको दक्षिणी क्षेत्रहरुमा अत्याधिक मात्रामा हुने अवैध गाँजा खेतलाई समेत नियन्त्रण गर्न सहज हुने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए ।  सीमाको सुरक्षालाई ध्यानमा राख्नै पोष्ट स्थापना भएपनि आगमी दिनमा अपराधिक क्रियाकलापमा समेत कमी हुने स्थानीय आशावादी बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार