भोजपुरका तीन पत्रकार पुरस्कृत, एक सम्मानित


भोजपुर । तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् । त्यस्तै कार्यक्रममा जिल्लामा लामो समय देखि पत्रकारिता क्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै श्रीकृष्ण बोगटीलाई कदर पत्रले सम्मान गरेको हो ।

विष्टलाई ‘लोकनाथ दाहाल स्मृती खोज पत्रकारिता’ पुरस्कार, राईलाई, ‘तिलक बहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार र बस्नेतलाई ‘मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार’द्धारा सम्मानित गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए । तीनै जनालाई जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको आधारमा पुरस्कृत गरेको उनले जानकारी दिए ।

साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश कुमार मिश्र, महासंघका केन्द्रीय सदस्य छेटु शेर्पा, नेपाल पत्रकार महासंघ प्रदेश –१ का अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतम लगाएतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार