भोजपुरमा बोलेरोले किच्दा चालकको मृत्यु


भोजपुर, १० पुस ।
भोजपुर नगरपालिका– ५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज विहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आफै साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडी सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार