पौवादुङमा गाउँपालिकाका सम्पूर्ण मावि र आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरण


भोजपुर, १ पौष ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले विभिन्न विद्यालयमा सेनिटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका माध्यमिक र आधारभुत विद्यालयका छात्राहरुलाई लक्षित गरेर प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । छात्राहरुलाई पठनपाठनमा सहजता ल्याउने उद्धेश्यका साथ गाउँपालिकाले विगत ३ वर्षदेखी विद्यालयमा प्याड वितरण गरिरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।

उपाध्यक्ष राईले भनिन्,‘ छात्राहरुलाई विद्यालयमा आउने सहज बातावरण बनाउने लक्ष्यका साथ विगतबाट नै गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरिरहेको छ, यस पटक पनि सवै विद्यालयमा पुगेर प्याड वितरण गरिरहेका छौँ, यसले छात्राहरुलाई धेरै सहजता थपिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार