तिवारीभञ्ज्याङ स्वस्थ्य चौकी भवनको उद्घाटन


भोजपुर,२९ मंसिर ।

भोजपुरको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङको स्वस्थ्य चौकी भवन उद्घाटन भएको छ । गाउँपालिकाको क्रमागत योजना अनुसार करिब रु.४० लाख लागतमा निर्माण भएको भवनको सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने दुई जना दातालाई सम्मान गरिएको छ । स्थानीय चन्द्र बहादुर कोइराला र भीम बहादुर अधिकारीलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता दीपक साम्पाङ राईले जानकारी दिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकालाई समृद्ध बनाउन जनप्रतिनिधिहरु लागि परेको बताए । स्थानीयको समस्या तथा उनीहरुको आवश्यकतालाई पहिचान गरेर सोही अनुरुप विकासका गतिविधि बढीरहेको उनको भनाइ छ ।

अध्यय राईले भने,‘ हाम्रो स्थानीय तहले यहाँका नागरिकहरुको आवश्यकता तथा समस्यालाई नजिकबाट नियालेर काम गरिरहेकोले आज यो स्वास्थ्य चौकीको उद्घाटन भयो यसरी नै अन्य वडाहरुमा पनि स्वास्थ्य चौकी निर्माणको काम अघि बढिरहेको छ । त्यस्तै हामीले नागरिकहरुलाई आफ्नै घर दैलोमा सेवा पु¥याएर स्थानीय सरकार भएको अनुभूति दिलाउनको लागि विभिन्न समयमा शिविरहरु पनि सञ्चालन गरिरहेका छौँ ।’

त्यस्तै गाउँपालिका उपाध्यक्ष सम्झना राईले पहिलो गाउँसभाबाट नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । साथै उनले विषेश गरेर महिलाहरुमा देखिने आङखस्ने लगाएतका विभिन्न समस्याको न्यूनिकरणमा गाउँपालिका लागि परेको बताइन् । यस वर्ष पनि त्यसको क्षेत्रमा काम गर्ने जानकारी दिइन् । उपाध्यक्ष राईले भनिन्,‘ हामीले यहाँका गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न खाले पोषणका काम गरिरहेका छौँ, गाउँपालिकाले होम डलिभरीलाई अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेका गरिरहेको छ,।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार