दुर्घटनामा भोजपुर नगरपालिका–५ का वडाध्यक्ष र सदस्य गम्भिर घाइते


भोजपुर, २५ मंसिर । सवारी दुर्घटना हुँदा भोजपुर नगरपालिका– ५ बोखिमका ४५ बर्षय वडाध्यक्ष जसबहादुर राई र ५५ बषीय वडा सदस्य शरण प्रधान गम्भिर घाइते भएका छन् । विहीबार करिव १२ बजेको समयमा कार्यालयको कामको लागि सदरमुकाम आउने क्रममा उनीहरु सवार मोटरसाइकललाई देउराली चोकमा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुवै जनाको टाउको र शरिरको विभिन्न ठाउँमा चोट लागेकोले गम्भिर घाईते भएका छन् । दुवै जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीको भनाइ छ । उनीहरु सवार को १ ब १७९३ को मोटरसाईकललाई पानीट्याङकी तर्फ जादै गरेको प्र १–०२–००३–त ५४८ ट्याक्टरले देउराली चोकमा ठक्कर दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार