भोजपुर नगरपालिका– ४ शिद्धेश्वरकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार ( भिडियो सहित )


भोजपुर, १५ मंसिर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती बच्चा जन्माएकी भोजपुर नगरपालिका– ४ शिद्धेश्वरकी ३२ वर्षीय पवित्रा श्रेष्ठको उद्धार गरिएको हो ।

श्रेष्ठको नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमको अन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएको हो । काठमाण्डौबाट हेलिकप्टर मगाएर श्रेष्ठको उद्धार गरेर थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

अत्याधिक रक्तश्राव भएको कारण श्रेष्ठलाई एम्वुलेन्सबाट अन्य सुविधा सम्पन्न ठाउँमा लैजान समस्या भएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार