सेनाले व्यवस्थापन ग¥यो,कोरानाका कारण ज्यान गुमाएकी युवतीको शब


भोजपुर,३ मंसिर ।
भोजपुरको षडानन्द नगरपालिका –८ मा कोरोना संक्रमणको कारण ज्यान गुमाएकी युवतीको शब नेपाली सेनाले व्यवस्थापन गरेको छ । मंगलबार कोरानाका कारण मृत्यु भएकी २४ वर्षिय युवतीको शब फैष्ट रैफल गण भोजपुरबाट गएको नेपाली सेनाको टोलीले बुधबार व्यवस्थापन गरेको हो । सेनाले स्थानीय र प्रहरीसंगको समन्वयमा सोही वडाको कमेरेपानी भन्ने स्थानमा व्यवस्थापन गरेको छ ।
गत कार्तिक १९ गते विपी कोईरला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण गराउदा युवतीको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आईसोलेसन बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार