पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण (फोटो फिचर)


भोजपुर, ३० असोज ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर सञ्चालन गरिएको छ । शारिरिक रुपमा असक्त नागरिकलाई गाउँ, टोल स्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो । वडा –१ श्यामशिला र वडा –२ तिवारीभञ्याङमा सञ्चालन गरिएको शिविर मार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । श्यामशिलामा ‘क’ वर्गका ३, ‘ख’ वर्गका ८, ‘ग’ वर्गका ८ र ‘घ’ वर्गका ४ जनालाई परिचय पत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् । त्यस्तै तिवारीभञ्याङमा ‘क’ वर्गका १, ‘ख’ वर्गका ३, ‘ग’ वर्गका ७ र ‘घ’ वर्गका ८ जनालाई परिचय पत्र दिइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार