शिर्दली कृर्षक समुहको दोस्रो साधारण सभा सम्पन्न


भोजपुर २६ असोज । शिर्दली कृर्षक समुह टेम्केमैयुङ गाउँपालिका २ छिनामुखुको दोस्रो वार्षीक साधारण सभा सम्पन्न भएको छ । रुद्र विष्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा समुहका कोेषाध्यक्ष सरिता राईले समुहको बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार समुहमा आर्थिक बर्ष २०७६/०७७ सम्म तीन लाख १३ हजार ६ सय ३० रुपौयाकोे कुल कारोवार रहेको जनाइएको छ । साधारण सभाले सुर्यप्रसाद राईको अध्यक्षतामा ७ सदस्य नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा,पवित्रा राई, सचिव जीवन राई, सहसचिव रुद्र विष्ट, कोषाध्क्ष, सरिता राई, सदस्यहरुमा सुमन प्रधान र शोम बहादुर राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार