पौवादुङमा गाउँपालिकाका ‘हर्क’ले वितरण गरे २१ हजार बढी मास्क


भोजपुर, १९ असोज ।
भोजपुरको पौवादुङमा गाउँपालिकाका एक व्यवसायीले विद्यालय, सरकारी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहहरुलाई मास्क वितरण गरेका छन् । पौवादुङमा गाउँपालिकाका हर्क कोइराला‘भगवान’ले मास्क वितरण गरेका हुन् ।
गाउँपालिका भित्रका ६ ओटा माध्यमिक विद्यालयलाई ६ हजार, २५ ओटा प्राथमिक विद्यालयलाई ७ हजार ८०० र दुई ओटा आधारभुत विद्यालयलाई ८०० ओटा मास्क वितरण गरेको स्थानीय युवा सन्तोष कोइरालाले जानकारी दिए ।

गाउँपालिकाका केन्द्र च्याङ्ग्रेमा भने गाउँपालिका अध्यक्ष किरण राई, उपाध्याक्ष सम्झना राई लगाएतको उपस्थितिमा एक कार्यक्रमका बीच  मास्क वितरण गरिएको हो ।त्यस्तै गाउँपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाका लागि ६००, इलाका प्रहरी कार्यालय तिवारीभञ्याङ र दुई ओटा प्रहरी चौकीलाई ६००, वडा कार्यालयहरुलाई ६०० र दुई ओटा नीजि विद्यालयलाई ५५० ओटा वितरण गरेको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय भोजपुरलाई ४ हजार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरलाई पनि ६०० गरी २१ हजार ६५० ओटा मास्क वितरण गरेको कोइरालाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार